खुदीराम कोलनी र अधिकारपल्लीका मानिसहरूको लागि सीपीआई-द्वारा मेयरलाई ज्ञापन

सिलगढी : सिलगढीको खुदीराम कोलनी र साहुडाङी संलग्न अधिकारपल्ली इलाकाका असहाय मानिसहरूको साथमा रहेर सीपीआई दार्जिलिङ जिल्ला कमिटीले आज मेयरलाई एउटा ज्ञापन पत्र चढायो। सीपीआई-का सदस्यहरूको आरोप अनुसार सिलगढीको खुदीराम कोलनीका अग्निपीडित परिवारलाई हालसम्म घर बनाइदिएको छैन। यसको लागि कार्य शुरू गरे तापनि हाल उक्त कार्य बन्द रहेको छ। यसैले ती पीडित परिवारलाई चाँडै घर निर्माण गरिदिने सीपीआई दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले माग गरेका छन्। अर्कोतिर, साहुडाङ्गीको अधिकारीपल्लीका मानिसहरूलाई पुँजीपतिहरूले उच्छेद गर्ने प्रयास गरिरहेका छन्। उक्त इलाकामा नदीको पथ मोड़ने प्रयास गरिरहेको छ।  उक्त इलाकामा बसोबासो गर्ने मानिसहरूलाई उच्छेद नगरियोस् भन्ने विषयलाई लिएर दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले आज नगरनिगमका मेयर गौतम देवसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए


Leave a Reply

Your email address will not be published. Required fields are marked *