खुदीरामपल्लीमा घरको छतमा रहेको अवैध निर्माण भत्काइदियो नगरनिगमले

सिलगढी : सिलगढी नगरनिगमले खुदीरामपल्लीमा अवैध निर्माण भत्काइदिएको छ। आज नगरनिगमले एउटा घरको माथिल्लो तल्लामा रहेको टिनको अवैध स्ट्रक्चर र तल्लोपट्टि रहेको बाथरूम भत्काइदिएको बताइएको छ। नगरनिगमबाट प्लान पास नगरीकन खुदीरामपल्लीस्थित एउटा घरको छतमा टिनको शेड लगाउनको साथै तल्लोपट्टि 2 वटा बाथरूम बनाएको थियो। उक्त घरको पहिलो र दोस्रो तल्ला व्यवसायिक रूपमा प्रयोग गरिरहेको आरोप रहेको छ। यसभन्दा अघि नगरनिगमको तर्फबाट घर मालिकलाई नोटिस पठाएर अवैध निर्माण भत्काउने निर्देश दिएको थियो। तर नगरनिगमको नोटिस पालन नगरेपछि आज नगरनिगमका कर्मचारीहरूले पुलिसको उपस्थितिमा उक्त अवैध निर्माण भत्काइदिएको छ। उक्त घरको तल्लोपट्टि दवाई दोकान रहेको छ भने घरको दोस्रो तल्लामा पनि दवाई र चिकित्साको समानहरू थियो। यी सबै समानहरू हटाउनको लागि व्यवसायीले नगरनिगमलाई समयको माग गरेका छन्। पछि बीसीडीए सचिव विजय गुप्ता त्यहाँ पुगेर पुलिस तथा नगरनिगमका इञ्जिनियरहरूसित कुराकानी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *