खुदीरामपल्लीको सड़क मरमति कार्यको नान्टु पालद्वारा निरीक्षण

सिलगढी: दुर्गा पूजाभन्दा अगावै सिलगढीको खुदीरामपल्ली सब्जी मन्डीको सड़क उद्घाटन गरिने भएको छ। यसैले आज एसजेडीए उपाध्यक्ष नान्टु पालले सड़क निर्माणको अन्तिम चरणको कार्य निरीक्षण गरे। तिनले यस अवसरमा धेरै दिन अघिदेखिको सड़क मरमतिको माग अब लगभग पूरा भइसकेको बताए। यस वाहेक एसजेडीएको तर्फबाट बजारमा पुरुष अनि महिलाहरूको लागि शौचालयको निर्माण भइरहेको तिनले जानकारी गराए। सड़कको मरमति कार्य पूजाभन्दा अगावै पूरा गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *