खुद्रा दोकानहरू 3 घण्टाको लागि खोलिएपछि व्यवसायीहरूले फेरे राहतको श्वास

सिलगढी : कोरोना संक्रमणको बढ्दो प्रकोपलाई रोकथाम गर्नको लागि राज्य सरकारले जारी लकडाउनको मियाद बढाएर आगामी 15 जुनसम्म गरेको छ। लकडाउनले कोरोना संक्रमण फैलनमा केही अङ्कुश लागे तापनि मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो नवान्नमा एउटा बैठक गरेर एउटा गाइड लाइन जारी गर्दै आजदेखि केही छुटहरूको घोषणा गरेको छ। यसै अन्तर्गत आजदेखि 3 घण्टा 12 बजीदेखि 3 बजीसम्मको लागि खुद्रा दोकानहरू खुल्ला राख्न सक्ने अनुमति दिएको छ। उक्त नयाँ गाइड लाइनअनुसार आजदेखि सिलगढी सहर लगायत यसको संलग्न क्षेत्रहरूमा दिउँसो 12 बजीदेखि खुद्रा दोकानहरू खुल्ला रहेको देखियो भने यसले गर्दा खुद्रा व्यवसायीहरूले राहतको श्वास फेरेका छन्। स्मरण रहोस्, यसभन्दा अघि लगभग 15 दिनसम्म आवश्यक परिसेवाबाहेक अन्य सबै दोकानहरू बन्द रहेको थियो। यस अवधि सारी दोकान, आभूषणको दोकान लगायत मिठाई दोकानहरूलाई छुट दिएको थियो भने आज दिउँसो 12 बजीदेखि 3 बजीसम्म सबै खुद्रा दोकानहरू खुल्ला रहनेछ। आजदेखि सहरको विभिन्न बजारका दोकानहरू खोलियो। व्यवसायीहरूले बताएअनुसार गत वर्षदेखि कोरोना महामारीले गर्दा व्यवसायमा निक्कै नोक्सान भइरहेको छ भने आजदेखि  3 घण्टा छुट दिएकोले केही राहत पाएको छ। मानिसहरूमा कोरोनाको आतङ्क बिस्तारै कम भएपछि तिनीहरू दोकानमा आउने व्यवसायीहरूले आशा व्यक्त गरेका छन्। यदि सरकारद्वारा तोकिएको समयभन्दा पछि पनि दोकानहरू खुल्ला रहेको खण्डमा दोकानेहरूविरुद्ध कठोर कार्वाही गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *