खुल्ला नृत्य प्रतियोगितामा अपेक्षा गुरुङ प्रथम

मङपु: पहाडी युवा संघद्वारा आयोजित खुल्ला नृत्य प्रतियोगितामा मङपु निवासी अपेक्षा गुरुङ प्रथम भएकी छन्। यसैगरी, मटेली निवासी सिमा लामा दोस्रो अनि मङ्पु रेसेप बजार निवासी स्नेह प्रधान तेस्रो भएकी छन। आयोजक समितिको पक्षबाट उत्तम तामाङको बाहुलीबाट प्रतियोगितामा प्रथम हुने डान्सर अपेक्षा गुरुङलाई 10 हजार रूपियाँ, दोस्रो  हुनेलाई 7 हजार अनि तेस्रो हुने प्रतियोगीलाई 3 हजार रुपियाँ प्रदान गरियो। उक्त नृत्य प्रतियोगिताको निर्णायकहरु मन्जित दर्नाल, मुस्कान थापा र बसन्त थापा थिए। बीएस राईको अध्यक्षतामा सम्पन्न भएको नृत्य प्रतियोगितामा प्रमुख अतिथिका रूपमा गोजमुमो युवा मोर्चा महकुमा समिति सचिव बिज्ञान मिश्र उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *