खुनले लतपत अवस्थामा रेलकर्मीको शव उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको शामुकतला थाना अन्तर्गत पर्ने माझेरडाबरी 111 नम्बर गेटमा एकजना रेलकर्मीको खुनमा लतपत अवस्थामा शव उद्धार भएको छ। मृतक रेलकर्मी तापस मलिक गेटमेन थिए भने हिजो राति तिनको गेटमा ड्युटी रहेको थियो। आज बिहानै मानिसहरूले उक्त रेलकर्मीको खुनमा लतपत अवस्थामा शव देखेपछि जीआरपी पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *