खुट्टी पुजाको माध्यमद्वारा हैदरपाडा स्पोटिङ क्लबको दुर्गा पुजाको तयारी शुरू

सिलगढी : सिलगढी हैदरपाडा स्पोटिङ क्लबले आज रथयात्राको दिनदेखि खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। हैदरपाडा स्पोटिङ क्लबले प्रत्येक वर्ष सहरवासीलाई आकर्षणीय पुजा मण्डप उपलब्ध गराउँदै आइरहेको छ भने यस वर्ष पनि पछि रहने छैन। यसपल्ट 54औँ वर्षमा उक्त क्लबले कल्पलोकेर भावनाथिममा दुर्गा पुजाको पण्डाल तयारी शुरू गरेको छ। आज विधिपूर्वक खुट्टी पुजाको आयोजना गरियो। यस विषयमा क्लबका सचिव निमाई पालले भने, यस वर्ष कल्पलोकेर भावनाथिममा दुर्गा पुजाको पण्डाल बनाइनेछ। यस वर्षको पुजा पण्डालले सहरवासीको मन जित्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *