खुट्टी पुजाको माध्यमद्वारा सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीको दुर्गा पुजाको तयारी शुरू

सिलगढी : सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीको तर्फबाट आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देवको बाहुलीबाट आज यस कार्यको उद्घाटन गरियो। सेन्ट्रल कोलनीको दुर्गा पुजाले यस वर्ष 60 वर्षमा पाइला टेकेको छ। पुजा कमिटीका संयुक्त सचिव पार्थ दे –ले बताएअनुसार कोरोना महामारीले गर्दा गत 2 वर्षदेखि सामान्य रूपमा दुर्गा पुजाको आयोजना गरे तापनि यस वर्ष भव्य रूपमा बिग बजटको पुजा गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *