खुट्टी पुजाको माध्यमद्वारा सूर्यनगर फ्रेन्ड्स युनियन क्लबको दुर्गा पुजाको तयारी शुरू

सिलगढी : सूर्यनगर फ्रेन्ड्स युनियन क्लबको तर्फबाट आज दुर्गा पुजाको लागि खुट्टी पुजा सम्पन्न गरियो। यस वर्ष उक्त क्लबको दुर्गा पुजा 68औँ वर्षमा पाइला टेकेको छ। सूर्यनगर फ्रेन्ड्स युनियन क्लबका सचिव मदन भट्टाचार्यले बताएअनुसार प्रत्येक वर्ष उल्टा रथयात्राको दिन क्लबको दुर्गा पुजाको लागि खुट्टी पुजा गर्ने गरिन्छ। खुट्टी पुजाको माध्यमद्वारा क्लबद्वारा पुजाको तयारी शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *