खुट्टी पुजाको माध्यमद्वारा फुलबारी बटतला पुजा कमिटीको दुर्गा पुजाको तयारी शुरू

राजगञ्ज : फुलबारी बटतला पुजा कमिटीले आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। उक्त पुजा कमिटीको यस वर्षको दुर्गा पुजाले 44 वर्षमा प्रवेश गर्नेछ। सिलगढी सहर संलग्न फुलबारी बटतला पुजा कमिटीले धेरै वर्ष अघिदेखि ठुलो बजटको थीम भएको दुर्गा पुजाको आयोजना गर्दै आइरहेको छ। थीमयुक्त पण्डाल बाहेक कोलकाताको कुमारटोलीबाट दुर्गा माताको प्रतिमा र बिजुली बत्तीहरूको सजावट गरिनेछ। यस सम्बन्माध फुलबारी बटतला पुजा कमिटीका सदस्य आशीष प्रमाणिकले बताएअनुसार यस वर्ष कमिटीको दुर्गा पुजाले 44 वर्षमा पाइला टेक्नेछ। गत दुई वर्षदेखि कोरोनाको संक्रमणले गर्दा दुर्गा पुजाको आयोजना गर्न नपाए तापनि यस वर्ष धुमधामको साथमा लगभग 15 लाख रुपियाँको बजटमा थीम पुजा गरिनेछ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि सिलगढी सहर लगायत अन्य ठाउँका श्रद्धालुहरू उक्त कमिटीको दुर्गा पुजा घुम्न आउने कुरामा आफू आशावादी रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *