खुट्टी पुजामा एकै मञ्चमा देखापर्यो विधायक शङ्कर घोष तथा मेयर गौतम देव

सिलगढी : भाजपा विधायक, सिलगढी नगरनिगमका मेयर, डेपुटी मेयर तथा नगरनिगमका चेयरम्यान आज एउटै मञ्चमा देखापर्यो। सिलगढीमा आज फेरि सद्भावको राजनीति देखियो। आज 24 नम्बर वार्डको तरुण तीर्थ क्लबमा खुट्टी पुजाको आयोजना गरियो। यस अवसरमा भाजपा विधायक शंकर घोष, सिलगढीका मेयर गौतम देव एकै मञ्चमा देखापरे तापनि ती दुईले एकाअर्कासित बातचीत गरेनन्। यस सम्बन्धमा मेयर गौतम देवले भने, यो क्लबको अधिकार हो जसलाई पनि बोलाउन सक्छ। सबै मानिसहरू आएका छन्। आपसी भेदभाव टाढा राखेर सबै मिलेर उत्सव मनाउनेछौँ। राजनीतिक दृष्टिकोण फरक हुन सक्छ। आफूलाई निमन्त्रणा आएकोले यहाँ आएको हुँ। अर्कोतिर, विधायक शंकर घोषले भने, राजनीतिमा शिष्टाचार हुन आवश्यक रहेको छ। राजनीतिप्रति मानिसहरूको आस्था तथा माया फर्काइ ल्याउन नेताहरूले आफ्नो दायित्व पालन गर्नुपर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *