किशन प्रधानकृत ‘जुनकिरीको उज्यालो र पाइतालाको गीत’-को लोकार्पण

सुकेपोखरी : भारतीय नेपाली साहित्यका सशक्त युवा कवि एवम् समालोचक किशन प्रधानकृत दशौँ काव्यकृति जुनकिरीको उज्यालो र पाइतालाको गीतकविता सङ्ग्रहको आज लोकार्पण गरियो। नागरी फार्म उच्चतर माध्यमिक विद्यालयको नेपाली विभागको पहलमा विद्यालयकै प्रेक्षागृहमा सम्पन्न यस कार्यक्रमको अध्यक्षता एसके बान्तावाले गरे। साहित्यकार अजम प्रधानको प्रमुख आतिथ्यमा एसबी राईले सञ्चालन गरेको यस कार्यक्रमका अन्य अतिथिहरूमा साहित्यकार अर्जुन प्रधान, कवि मदन ओझा, विनोद स्याङ्देन, राजबहादुर राई, प्रेम गुरूङ, सरस्वती श्रेष्ठ, भूपाल सुब्बा तथा अन्य उपस्थित थिए। कविता वाचन, रूवाई तथा गजल समावेश गरिएको कार्यक्रलाई सम्बोधन गर्दै अर्जुन प्रधानले कृति तथा कृतिकारको व्यक्तित्व र कृत्तित्वमाथि प्रकाश पारे। प्रमुख अतिथि अजम प्रधानले भारतीय नेपाली साहित्य तथा साहित्यकारको अवस्थाबारे प्रकाश पार्दै भारत अनि नेपालको साहित्यिक गतिविधिमाथि पनि प्रभावशाली मन्तव्य जाहेर गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *