किशोरीको डेङ्गुले मृत्यु, डेथ सर्टिफिकेटमा डेङगुले मरेको उल्लेख नगरेपछि नर्सिङ होममा तोडफोड

सिलगढी : डेङ्गुले संक्रमित भएर एउटी किशोरीको मृत्यु भएपछि आज परिवारका सदस्यहरूले क्षोभ प्रकट गर्दै सिलगढी खालपाडास्थित एउटा नर्सिङ होममा तोडफोड गरे। परिवार पक्षको अभियोग अनुसार किशोरीको डेथ सर्टिफिकेटमा डेङ्गु उल्लेख नगरेर ज्वरोले गर्दा तिनको मृत्यु भएको उल्लेख गरेको छ। सिलगढीको 5 नम्बर वार्डस्थित गङ्गानगर निवासी ट्वीङ्कल बर्मा नाम गरेको एउटी दसौँ श्रेणीको छात्राको हिजो उक्त नर्सिङहोममा मृत्यु भएको थियो। तिनी डेङ्गुले संक्रमित थिइन्। हिजो नै तिनको अन्तिम संस्कार पनि गरियो। आज बिहान गङ्गानगर निवासीहरू उक्त नर्सिङ होममा गएर विक्षोभ प्रदर्शन गर्नको साथै नर्सिङ होममा तोडफोड गरे। मृतक किशोरीको परिवारका सदस्यहरूको आरोप अनुसार डेङगुले गर्दा किशोरीको मृत्यु भए तापनि डेथ सर्टिफिकेटमा डेङ्गु उल्लेख गरिएको छैन। उपचारमा लापर्वाही गरेको तिनीहरूले आरोप लगाए। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर मृतकको परिवारका सदस्यहरूसित कुराकानी गर्नको साथै स्थितिलाई साम्य पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *