किशोरीलाई अपहरण तथा दुष्कर्मको प्रयास गर्ने आरोपी अदालतमा पेश

सिलगढी : सिलगढ़ीमा एकजना किशोरीको अपहरण तथा दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा पक्रा परेका दुईजना आरोपी देवाशीष दास र दिनेश अग्रवाललाई आज अदालतमा पेश गरियो। यी दुई आरोपीले चकलेटको प्रलोभन देखाएर एउटी किशोरीलाई घरबाट बोलाएर अपहरण तथा दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। किशोरीको बयानको आधारमा पुलिसले यी दुईजना युवकलाई हिजो बिहिबार सिलगढ़ीबाट पक्राउ गरेको थियो। उक्त किशोरीलाई पनि पुलिसले मेडिकल जाँचको लागि पठाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *