किशोरीसँग दुर्व्यवहार गर्ने युवक पक्राउ

सिलगढी एउटी किशोरीसँग दुर्व्यवहार गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक विकास रायको रूपमा चिन्हित भएको छ। प्राप्त जानकारीअनुसार होलीको दिन विकास रायले न्यु जलपाईगढी थाना अन्तर्गत पर्ने जाबराभिटा इलाका निवासी एउटी किशोरीसँग दुर्व्यवहार गरेको आरोप रहेको छ। पीडिताका परिवारका सदस्यले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले हिजो राति विकास रायलाई पक्राउ गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.