किशोरीसँग दुष्कर्म गर्ने व्यक्ति पक्राउ

सिलगढी : एउटी किशोरीसँग दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सुधीर रायको रूपमा चिन्हित गरिएको छ। यस सम्बन्धमा पीड़ित किशोरीका परिवारका सदस्यहरूले सुधीर रायविरुद्ध थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा एनजेपी थानाको मिलनपल्ली आउटपोस्ट पुलिसले आइतबार राति अभियान चलाएर उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *