किशोरीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा युवक पक्राउ

सिलगढी : एउटी किशोरीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा छिमेकी युवकलाई पक्राउ गरेको छ। उक्त घटना एनजेपी थाना अन्तर्गत पर्ने श्रीनगर कोलनीमा घटेको हो। प्राप्त जानकारीअनुसार दुई दिन अघि चन्दन महतो नाम गरेका युवकले छिमेकी किशोरीलाई आफ्नो घरमा बोलाएर तिनीसित दुष्कर्म गर्ने प्रयास गरेको बताइएको छ। उक्त किशोरी चिच्याएको आवाज सुनेर केही मानिसहरू घटनास्थलमा पुगेपछि आरोपी युवकले सुइँकुच्चा ठोके। यसबारेमा पीडित परिवारका सदस्यहरूले  एनजेपी थानामा अभियोग दर्ता गरेपछि पुलिसले हिजो राति तिनलाई पक्राउ गरोक छ। अर्कोतिर, एनजेपी पुलिस किशोरीको स्वास्थ्य जाँच गरेपछि कानुनी कार्वाही गरिने बताएको छ। आज आरोपी चन्दन महतोलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *