किशोर प्रधानले दिए क्रामाकपा-बाट राजीनामा

दार्जिलिङ : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का शीर्ष बागी नेता किशोर प्रधानले आज आफ्नो पार्टीबाट राजीनामा दिएका छन्। तिनले आज दार्जिलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै क्रामाकपाबाट आजदेखि आफूले राजीनामा दिएको घोषणा गरेका छन्। पार्टीप्रति 24 वर्षसम्म पुर्‍याएको योगदान कदर नगरेको आरोप लगाउँदै आजदेखि आफूले क्रामाकपा छोड्ने निर्णय लिएको तिनले पत्रकारहरूलाई बताए। स्मरण रहोस्, तिनी कालेबुङ जिल्लाका पार्टी अध्यक्षका पदमा थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *