किशोरीलाई दुष्कर्मको प्रयास गरेको आरोपमा दुईजना पक्राउ

सिलगढी : चकलेटको प्रलोभन देखाएर एउटी किशोरीलाई अपहरण गरेर दुष्कर्म गर्ने प्रयास गरेको अभियोगमा एनजेपी थाना पुलिसले दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरू देवाशीष दास र दिनेश अग्रवालको रूपमा चिन्हित गरिएको छ। इस्टर्न बाइपास संलग्न ठाकुरनगर इलाकामा बुधबार बेलुकी सात बजी उक्त घटेको हो। प्राप्त जानकारीअनुसार गत बेलुकी तीनजना व्यक्ति उक्त किशोरीको घरमा गएर चकलेटको प्रलोभन देखाएर जबर्जस्ती गरेर बाहिर लैजाँदा स्थानीय मानिसहरूले देखेपछि तिनीहरू बाइक छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। ती तीनजना व्यक्तिमध्ये एकजनाको उक्त इलाकामा जमिन रहेको साथै तिनीहरूले हिजो उक्त जमिनमा मदपान गरेपछि इलाका निवासी उक्त किशोरीलाई अपहरण गरेर दुष्कर्म गर्ने प्रयास गरेको अभियोग रहेको छ। बिहिबार बिहान एनजेपी थाना पुलिसले उक्त किशोरीको बयानको आधारमा तीमध्ये दुईजनालाई पक्राउ गर्नको साथै अन्य व्यक्तिको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *