केएलओ-का पूर्व उग्रवादी मलखान सिंह पक्राउ

सिलगढी : एसटीएफ-ले केएलओका पूर्व उग्रवादी मलखान सिंहलाई पक्राउ गरेको छ। तिनको असली नाम माधव मण्डल हो। गत राति एसटीएफ-ले मलखानलाई खोरीबारीबाट पक्राउ गरेको हो। यसभन्दा अघि तिनलाई दुईपल्ट पक्राउ गरिसकेको थियो। हालैमा केएलओसित मलखानको सम्पर्क बढ़ेको एसटीएफका अधिकारीहरूले सन्देह गरेका छन्। एसटीएफको सन्देह अनुसार 15 अगस्तमा असममा सम्पन्न एउटा गोप्य बैठकमा मलखान सिंह पनि सामेल थिए। केएलओ प्रमुख जीवन सिंहसित तिनको सम्पर्कमा रहेकोले तिनी विरुद्ध देशद्रोहको मामिला दर्ता गरिएको छ। आरोपीलाई पुलिस हिरासतमा लिएर एसटीएफका अधिकारीहरूद्वारा सोधखोज गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *