केएलओ-सित संलग्न रहेका अविनाश राय र मृणाल बर्मन जमानतमा रिहा  

सिलगढी : स्पेशल टास्क फोर्स (एसटीएफ)-ले आतङ्की संगठन केएलओ-सित संलग्न रहेको मामिलामा गत फरवरी महीनामा अविनाश राय र मृणाल बर्मनलाई पक्राउ गरेको थियो। उक्त मामिलामा एसटीएफद्वारा अदालतमा चार्जशीट जम्मा नगरेपछि अदालतले ती दुईजनाको जमानत स्वीकार गरेको छ। घटनाक्रम अनुसार गत 25 फरवरीमा एसटीएफले सिलगढीको नयाँ बजार इलाकाबाट केएलओ संगठनको लागि फन्ड संग्रह गरेको सन्देहमा अविनाश राय र मृणाल बर्मनलाई पक्राउ गरेको थियो। दुवैलाई लगभग 14 दिनसम्म पुलिस हिरासतमा लिएर सोधखोज गरेपछि केएलओ सदस्य रहेको सन्देहमा तीन महीनासम्म न्यायिक हिरासतमा पठाइयो। शुक्रबार दुवैलाई एकपल्ट फेरि सिलगढी एडिशनल फर्स्ट कोर्टमा पेश गरियो। अदालतमा एसटीएफले पर्याप्त प्रमाण तथा चार्जशीट जम्मा गर्न नसकेपछि अदालतले दुवैको जमानत स्वीकार गरेपछि 2 हजार रुपियाँ बेल बन्डमा दुवैलाई जमानत दिएको बताइएको छ। यस सम्बन्धमा बचाऊ पक्षका वकील आलोक दासले भने, ती दुईजना व्यक्तिले अदालतलाई पहिलो दिनदेखि नै एसटीएफको जाँचमा पुरा सहयोग गर्ने बताएका थिए। 97 दिनको जाँचमा एसटीएफले अविनाश राय र मृणाल बर्मनविरुद्ध जाँचमा कुनै सटीक प्रमाण अदालतमा पेश गर्न नसकेपछि 2 हजार रुपियाँ बेल बन्डमा  अदालतले तिनीहरूको जमानत याचिका स्वीकार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes