कोदालोले प्रहार गरेर साथीको हत्या

जलपाईगढी : मैनागुढीको आमगुढी गाउँमा आफ्नो आमासित बिँडी माग्दा एकजना युवकले आक्रोशमा आएर आफ्नै साथीलाई कोदालोले प्रहार गर्दा तिनको मृत्यु भएको अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार हिजो राति दुई साथी सत्येन राय र भवेश भुइँया एकैसाथ बसेर रक्सी पिइरहेको समय भवेशले सत्येनको  आमालाई बिँडी माग्दा रिसको झोकमा तिनले भवेशलाई कोदालोले प्रहार गर्दा गम्भीर रूपमा घाइते भए। यसपछि गम्भीर घाइते अवस्थामा भवेशलाई मैनागुढी अस्पतालमा लगिए तापनि त्यहाँका डाक्टरले तिनलाई मृत घोषित गरिदिए। आरोपी सत्येनलाई पुलिसले पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *