कोइला बोकेको लरी फुलबारीमा दुर्घटना

फूलबारी (निसं): अनियन्त्रित भएर कोइला बोकेको एउटा लरी पल्टियो। घटना फूलबारी-घोषपुकुर मार्गको महानन्दा ब्याराज संलग्न इलाकामा आज बुधवार बिहानै भएको हो। तथापि उक्त घटनामा कसैलाई पनि गम्भीर चोट पटक नलागेको बताइएको छ। प्राप्त जानकारी अनुसार कोइलाले भरिएको एउटा लरी आज बिहान घोषपुकुरबाट फूलबारी तर्फ गइरहेको समय लरी अनियन्त्रित भएर फूलबारी ब्याराज इलाकामा पल्टियो। घटना पछि चालक अनि सह-चालकलाई घटनास्थलमा देखिएन। एनजेपी थाना पुलिसले घटना स्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *