कोलबुङ हुँदै पदेङ भएर जोरथाङ लगायत दार्जिलिङलाई जोडने बाटो 20 फरवरीसम्म बन्द

बिजनबारी: कैजलेबाट कोलबुङ हुँदै पदेङ भएर गोक हुँदै जोरथाङ दार्जिलिङ लगायतको स्थानहरूलाई जोड्ने मार्ग आगमी 20 फरवारीसम्म बिहान 9 बजीदेखि बेलुकी 5 बजेसम्म बन्द रहने भएको छ। अति आवश्यक वाहनहरू मात्र उक्त बाटो भएर चलाचल गर्ने बताइएको छ। उक्त सडक भएर निरन्तर रूपमा वाहनहरूको चलाचल भएकोले सडक निर्माणको कार्यमा असुविधा भइरहेको छ।


यसैले हिजो स्थानीय कर्मी रोयेङ संघ अप्पर नेजी तथा झरणा समाज पदेङले एउटा सभाको आयोजना गरेर उक्त निर्णय लिएको साथै सबै वाहन चालकहरूलाई सहयोग गरिदिने समाजको पक्षबाट अपील गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *