कोलकाताबाट फ्याँकिएका केही हड़्डीको बद्लीमा गोर्खाहरूका आकांक्षालाई बेचेकाहरूले आज क्षेत्रवादको कुरा गर्दैछ: राजु विष्ट

सिलगढी: पञ्चायत चुनावी सभाहरूमा गत केही दिनदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले ‘क्षेत्रवाद’ माथि बोल्दै आइरहेकोले तिनको यस टिप्पणीबारे भाजपा-को राष्ट्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आज प्रतिक्रिया व्यक्त गरेका छन्। तिनले जारी विज्ञप्तिमा भनेका छन्, “बितेका केही दिनदेखि अनित थापाले ‘क्षेत्रवाद’ माथि निकै बोल्दैछन्। यो भन्दा ठूलो पाखण्ड अरू केही हुन सक्दैन कि कोलकाताबाट फ्याँकिएका केही हड़्डीको बदलामा गोर्खाहरूका आकांक्षालाई बेचेकाहरूले आज क्षेत्रवादको कुरा गरिरहेका छन्। गोर्खाल्याण्डको समर्थनमा समग्र दार्जिलिङ पहाड़, तराई अनि डुवर्स बन्द भएको बेलामा यी तिनै बिकुवा नेता भनौदाहरूले पुलिस-प्रशासनसँग मिलेर दैलो-दैलोमा गएर दोकानेहरूलाई उनीहरूको दोकान जबर्जस्ती खोल्न लगाएका थिए, ट्याक्सी मालिकहरूलाई उनीहरूको ट्याक्सी चलाउनका लागि बाध्य गरेका थिए, सबै कार्यालय, स्कूल अनि कलेजहरूलाई अनिवार्य रूपमा खोल्ने पर्छ भनि धम्काएका थिए। तिनीहरूले यी सबै बिर्सेका होलान्, तर हामीले बिर्सेका छैनौँ। तिनै बिकुवाहरू, जसले हजारौँ युवाहरूलाई विस्थापित हुन बाध्य गरे, आज आफैलाई ‘क्षेत्रवाद’ बारे चिन्तित बताइरहेका छन्। कोलकाताले ‘उठ’ भन्द उठ्ने ‘बस’ भन्द बस्नेहरू क्षेत्रवाद-बारे बोलिरहेका छन्। योभन्दा ठूलो पाखण्ड अरू केही हुन सक्दैन। के यी मान्छेहरूले कहिल्यै ऐनामा आफ्नो अनुहार हेर्छन् होला ? तिनीहरूको पाराको क्षेत्रवादको कारणले आज गोर्खाहरूको अधिकारमा रहेको क्षेत्र अहिले रोहिणी टोल गेट र बढ़ीमा सुकनासम्म सीमित भएर गएको छ। यो तिनीहरूको पाराको नै क्षेत्रवादको नतिजा हो, जहाँ चिया बगानहरूमा पाँचतारे होटेलहरूको निर्माण हुँदैछ जबकि चिया बगान अनि सिन्कोना बगानका श्रमिकहरू पर्जा पट्टाबाट वञ्चित छन्।

तिनीहरूकै कारण वन बस्ती अनि डीआई फण्डमा बसोबास गर्नेहरूले आजसम्म कुनै भूमि-अधिकार पाउन सकेका छैनन्। यो तिनीहरूकै पाराको क्षेत्रवाद हो जसको कारण सिन्कोना बगान वन विभागलाई हस्तान्तरण गरिए पनि तिनीहरूको मुखबाट एक शब्द फुटेको छैन। यो तिनीहरूको पाराको क्षेत्रवाद नै हो जसको कारण आज सबै स्थानीय पदहरूमा नियुक्ति कोलकाताबाट हुँदैछ। तिनीहरूको पाराको क्षेत्रवादको कारण नै सयौँ गाउँहरू अहिलेसम्म सड़कसँग जोड़िएका छैनन्, हाम्रा स्कूलहरू भत्किरहेका छन् र हाम्रा क्षेत्रमा स्वास्थ्य सेवा सुविधाहरू लगभग नगण्य छ। यस प्रकारको क्षेत्रवादले गर्दा नै सरकारी परियोजनाहरूबाट हजारौं करोड़ रकम लुटिएको छ। तिनीहरूको पाराको क्षेत्रवादले वास्तवमा 2005 देखि यता पञ्चायत चुनाउलाई रोकेको थियो। तिनीहरूको यसै क्षेत्रवादको कारण जीटीए-मा शिक्षकहरूको भर्ती घोटालामा संलिप्त हुने मौका तिनीहरूले पाए। एक गोर्खाको रूपमा मेरो कर्तव्य हाम्रा संवैधानिक अधिकारहरूको सुरक्षा होस् अनि हाम्रा आकांक्षाहरू पूरा होस् भनी सुनिश्चित गर्नु हो। यसका लागि, म कुनै पनि हदसम्म जानका लागि तयार छु, चाहे त्यो क्षेत्रीय स्तरमा होस्, राज्य वा राष्ट्रीय स्तरमा। तृणमूल काङ्ग्रेस जस्तो भ्रष्टाचारी, हत्यारा अनि तानाशाहीपूर्ण पार्टीलाई स्वीकार गर्ने, तर बीजेपी जस्तो राष्ट्रीय पार्टीको विरोध गर्ने पाराको क्षेत्रवादलाई म अनि हाम्रो क्षेत्रको जनताले अस्वीकार गर्दछ भनी सांसद विष्टले विज्ञप्तिमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes