कोलकाता नगरनिगम चुनाउमा अशान्ति भएको आरोप लगाउँदै भाजपा-द्वारा सिलगढीमा पथ अवरोध तथा विक्षोभ

सिलगढी : कोलकाता नगरनिगम चुनाउमा अशान्ति भएको आरोप लगाउँदै भाजपाले राज्यभरिमै विक्षोभ गरिरहेको छ। राज्यको शासक दल तृणमूलविरुद्ध गणतन्त्रको हत्या गरेको आरोप लगाउँदै आज भारतीय जनता पार्टी सिलगढी सांगठनिक जिल्लाका नेतृत्वहरूले यहाँको हासमी चोकमा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यस अवसरमा सिलगढीका विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस विषयमा भारतीय जनता युवा मोर्चाका सभापति कञ्चन देवनाथले बताएअनुसार कोलकाता नगरनिगम चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न हुँदैन भन्ने आंशकामा भाजपाले चुनाउ शुरू हुन अगावै केन्द्रीय वाहिनी तैनाथ गरिनुपर्ने माग गरेको थियो। कोलकाता चुनाउ शुरू हुनसाथ एकपछि अर्को गर्दै हिंसात्मक घटनाहरू घटेकोले भाजपाले यसको विरोधमा आज राज्यभरिमै  प्रतिवाद जनाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *