कोलकाता अपोलो अस्पतालमा अत्याधुनिक पद्धतिमा हृदय रोगको उपचार गरिने

सिलगढी : भारतमा हृदय रोगले बिमारी भएर मृत्यु हुनेहरूको सङ्ख्या दिनहुँ बढ्दै गइरहेको छ। यसैलाई ध्यानमा राखेर कोलकाताको अपोलो अस्पतालले यस्ता हृदय रोगीहरूलाई पूर्ण रूपले निको बनाउनको लागि नयाँ अत्याधुनिक तक्निकी अप्नाएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर डा. सुसान मुखोपाध्याय अनि डा. देबाशीष घोषले भेल्भ सर्जरी, बाईपास सर्जरी जस्ता अन्य उन्नत उपचार प्रक्रियाहरू अस्पतालमा नै गर्न सकिने व्यवस्था शुरू गरिएको जानकारी गराए। हृदय सम्बन्धी रोगीहरूको यहाँ डाक्टरहरूले हालसम्म धेरैवटा सर्जरी गरिसकेको साथै त्यसमा तिनीहरू सफल भएको दावी गरे। तिनले दिएको जानकारीअनुसार यस सम्बन्धमा उत्तर बङगालका धेरैवटा ठाउँहरूमा जागरूकता शिविर पनि आयोजित गरियो। यसबाहेक सबै विशेषज्ञ डाक्टरहरूलाई लिएर हृदय रोगको उपचारको लागि एउटा टोली गठन गरिएको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.