कोलकाता आगलागीमा मर्नेहरूको परिवारलाई क्रेडाई नर्थ बेङ्गलद्वारा आर्थिक सहयोग गर्ने घोषणा

सिलगढी : कोलकाताको स्ट्र्यान्ड रोडस्थित एउटा बहुतले भवनको 17 तल्लामा भएको भीषण आगलागीमा मर्ने 9 जनाको परिवारको सदस्यहरूलाई क्रेडाई नर्थ बेङ्गलले मोठ 5 लाख रुपियाँ सहयोग राशि प्रदान गर्ने भएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर क्रेडाई नार्थ बेङ्गालका अध्यक्ष नरेश अग्रवालले यसबारे जानकारी दिएका छन्। यदि मृतकहरूको संख्या बढ्यो भने ती परिवारहरूलाई पनि आफूहरूद्वारा सहयोग गरिने तिनले बताए। यसको साथै तिनले अन्य संगठनहरूलाई पनि ती परिवारहरूको सहयोगको लागि अघि आउने अपील गरेका छन्। स्मरण रहोस्, कोलकाताको स्ट्र्यान्ड रोडस्थित एउटा बहुतले भवनको 17 तल्लामा भीषण आगलागी हुँदा अग्निशमन विभागका कर्मचारी, आरपीएफ जवान र पुलिस अफिसरसहित 9 जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *