कोलकाता भ्रमणबाट फर्किए अनित थापा

सिलगढी : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा कोलकाताबाट आज विमानमार्फत् बाघडुग्रा आइपुगे। यसभन्दा अघि हिजो तिनले राज्यका मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीसित सौजन्यमूलक भेटघाट गर्नको साथै आउँदो जीटीएको शपथ ग्रहण समारोहमा तिनलाई दार्जिलिङ आउने निमन्त्रणमा पनि दिए। यसको साथै कोलकाता भ्रमण अवधि तृणमूल कङ्ग्रेसका नेता अभिषेक ब्यानर्जीसित पनि अनित थापाले हिजो साँझ भेटघाट गरे। यस अवसरमा जीटीए क्षेत्रका विभिन्न मुद्दा विषयमा चर्चा परिचर्चा गरिएको बताइएको छ। यसैगरी, आन्दोलनकालमा गोरामुमो नेताको कालेबुङमा घर जलाएको अभियोगमा कोलकाताको दमदमस्थित कारागारमा हालैदेखि सजाय काटिरहेका पहाडका 7 जना बन्दीहरूसित पनि तिनले भेट गरे। यस भेट अवधि तिनीहरूको रिहाईको निम्ति अदालतको दैलो ढकढकाउनेबारे प्रक्रिया शुरू गर्ने अनित थापाले आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *