कोलकाताका निखोज पर्यटक सशस्त्र सीमा बलको सहयोगमा उद्धार

सुकेपोखरी : कोलकाताबाट घुम्न आएका पर्यटकहरूमध्ये निखोज बनेका सेनानिवृत आयकर विभागका कर्मचारी शम्भुनाथ राम चौधरीलाई मानेभञ्ज्याङ क्षेत्रको घना जङ्गलबाट आधा बेहोश बनेको अवस्थामा सशस्त्र सीमा बल (एसएसबी) 36 वाहिनीको सक्रियतामा उद्धार गरिएको बताइएको छ । भारत नेपाल सीमा चौकी मानेभञ्ज्याङमा गस्ती लगाइरहेको समय गस्ती दल कमाण्डर उप निरीक्षक दिलिप कुमार सैनी तथा टोलीको चिन्तित अवस्थामा रहेको पर्यटक दलसित भेट भएको थियो । यसैबीच 10 जनाको टोलीमा आएका पर्यटकमध्ये शम्भुनाथ राम चौधरी निखोज बनेको तथा सम्पूर्ण धनराशी तिनीसितै रहेको थाहा पाएपछि गस्ती दल प्रमुख सैनीले मुख्यालय कमाण्डेन दिनेशचन्द यादवलाई यसबारे सुचित गरेका थिए। यसपछि फालुट तथा थाकुम चौकीका एसएसबीको विशेष सहयोगमा चलाइएको सर्च मार्चबाट शम्भुनाथ राम चौधरीलाई बिहानको समय उद्धार गरिएको गस्ती दलका कमाण्डर सैनीले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *