कोलकाताको ब्रिगेड जनसभामा मिथुन चक्रवर्ती भाजपामा सामेल

कोलकाता : गत केही दिन अघिदेखि लगाइरहेको अड्कलहरूबीच अन्ततः कोलकाताको ब्रिगेड परेड मैदानमा आज पीएम मोदीको उपस्थितिमा सम्पन्न भाजपाको जनसभामा हिन्दी सिने जगतका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा सामेल भए। बंगाल भाजपा अध्यक्ष दिलीप घोषले मिथुन चक्रवर्तीलाई आफ्नो दलमा स्वागत जनाए। मञ्चमा उपस्थित उपस्थित भाजपाका शीर्षस्थ नेताहरूले आफ्नो दलमा सामेल भएकोमा खुसी प्रकट गर्दै मिथुन चक्रवर्तीलाई पार्टीको खदाहरू लगाइदिएर न्यानो स्वागत जनाए। यस अवसरमा कैलाश विजयवर्गीय, शुभेन्दु अधिकारी, मुकुल रोय लगायत भाजपाका अन्य शीर्ष नेताहरू मञ्चमा उपस्थित थिए। कोलकाताको ब्रिगेड परेड मैदान आयोजित भाजपाको जनसभामा धेरै संख्यामा समर्थकहरूको भीड देखियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *