कोलकाता नगरनिगम चुनाउमा सन्त्रास तथा हिंसात्मक घटना भएकोमा सिलगढीमा सीपीआईएमको प्रतिवाद

सिलगढी : कोलकाता नगरनिगम चुनाउमा सन्त्रास तथा हिंसात्मक घटना भएकोमा सीपीआईएम दार्जिलिङ जिल्ला कमिटीले प्रतिवाद जनाउँदै सडकमा ओर्लिएको छ। सीपीआईएम दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले आज दिउँसो सिलगढीको अनिल विश्वास भवन अघिबाट एउटा प्रतिवाद र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि पुनः अनिल विश्वास भवनमा पुगेर समापन गरियो। उक्त र्‍यालीमा सिलगढीका पूर्व मेयर तथा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य, सीपीआईएम दार्जिलिङ जिल्ला सचिव समन पाठक लगायत वामफ्रन्टका अन्य नेतृत्वहरू सामेल थिए। यस अवसरमा अशोक भट्टाचार्यले भने, हिजो कोलकातामा सम्पन्न नगरनिगम चुनाउलाई तमासा बनाएको घटनाको सीपीआईएम दार्जिलिङ जिल्ला कमिटीले तीव्र रूपमा विरोध जनाउँदछ। सिलगढी नगरनिगम लगायत अन्य नगरपालिका चुनाउ बाँकी रहेकोले ती चुनाउहरूमा मानिसहरूको भोट लुट्न नदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *