कौशिक कुमार दासले आविष्कार गरे पर्सनल डिसटेन्स मनिटरिङ सिस्टम ग्याजेट

सिलगढी : कोरोना महामारीको बढ्दो संक्रमणबाट बाँच्नको लागि माक्स तथा सेनिटाइजर प्रयोग गर्नको साथै सामाजिक दूरी पनि पालन गर्नुपर्ने विशेषज्ञहरूको भनाइ रहेको छ। तर मानिसहरूले सामाजिक दूरी पर्वाह नगरेकोले गर्दा यसको निवारण गर्ने उद्देश्यले कौशिक कुमार दासले अनौठो अविष्कार गरेका छन्। अब सामाजिक दूरीको उल्लङ्घन गरे आलर्म बज्नेछ। सिलगढीको सुभाषपल्ली विद्युत विभागको स्टेसन म्यानेजर कौशिक कुमार दासले आधुनिक पद्धतिको प्रयोग गरेर पर्सोनल डिसटेन्स मनिटरिङ सिस्टम ग्याजेटको आविष्कार गरेका छन्। खाली समयमा तिनी विभिन्न प्रकारको आधुनिक ग्याजेट तयार गर्नमा व्यस्त रहने गर्दछन्। केही दिनदेखिको प्रयासपछि तिनले मात्र 500-600 रुपियाँ खर्च गररे उक्त ग्याजेट तयार पारेका छन्। सानैदेखि विभिन्न प्रकारको उपकरण बनाउनमा तिनको रुचि रहेको साथै हाल कार्यको व्यस्तताको कारण सो पुरा हुन नसके तापनि लकडाउनको समयमा तिनले उक्त ग्याजेटको आविष्कार गरेको बताइएको छ। तिनले बताएअनुसार उक्त ग्याजेट कम्मरमा बेल्टको सहयोगमा उपयोग गर्नुपर्दछ। यदि तपाईँको छेउछाउ 6 फुटमा अन्य कुनै मानिस आए आलर्म बजेर तपाईँलाई सतर्क गराउनेछ। उक्त ग्याजेटको माध्यमद्वारा तपाईँले सामाजिक दूरी मात्र नभएर अँध्यारोमा रोशनीको काम गर्ने साथै प्रयोजन भए तपाईँले फोन समेत चार्ज गर्नसक्नु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes