केपीपी-का नेता अतुल रायको निधन, पार्टी कार्यकर्ताहरूमा शोकको लहर

सिलगढी : कामतापुर प्रोगेसिभ पार्टी (केपीपी)-का नेता अतुल रायको कोरोना संक्रमित भएर आज निधन भयो। तिनको निधनको खबरले पार्टीका नेता तथा कार्यकर्ताहरूमा शोकको लहर छाएको छ। केही दिन अघि केपीपी नेता अतुल राय कोरोना संक्रमित भएपछि सिलगढीको मतिगढास्थित एउटा नर्सिङ होममा भर्ना गरेपछि तिनी उपचाराधीन अवस्थामा थिए। तिनको चिकित्साको लागि पारिवारिक आर्थिक सङ्कट देखापरेपछि पार्टीका सदस्यहरूले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई सहयोगको लागि पत्राचार गरेका थिए। आज उपचाराधीन अवस्थामा तिनको निधन भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरू तिनको अन्तिम दर्शन गर्ने नर्सिङ होम पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *