केपीपी-का नेता अतुल रायको उपचारको लागि मुख्यमन्त्री समक्ष सहयोगको अपील

सिलगढी : कामतापुर प्रोगेसिभ पार्टीका नेता अतुल राय गत केही दिनदेखि अस्वस्थ्य रहेकोले हाल सिलगढीको एउटा गैर सरकारी नर्सिङ होममा तिनको उपचार चलिरहेको छ। यस्तो परिस्थितिमा तिनका परिवारका सदस्यले आर्थिक समस्या झेल्न परिरहेकोले गर्दा कामतापुर प्रोगेसिभ पार्टीका सदस्यहरूले मुख्यमन्त्री ममता ब्यानर्जीलाई तिनको उपचारको लागि सहयोग गरिदिने अपील गरेका छन्। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका बुधारू राय लगायत अन्य सदस्यहरूले यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *