केपीपी-ले 14 सूत्री मागलाई लिएर निकाल्यो रेली, महकुमा शासकलाई सुम्पियो ज्ञापन

सिलगढी (निसं): केपीपी अर्थात कामतापुरी प्रोग्रेसिव पार्टीले आठवीं अनुसूचीमा कामतापुर भाषालाई सामेल गरिनु पर्ने, अलग राज्य सहित 14 सूत्री मागलाई लिएर आज एउटा रेली निकाल्नको साथै सिलगढी महकुमा शासकलाई ज्ञापन चढायो। केपीपी-का सदस्यहरूले आज बुधवार सिलगढी महात्मा गाँधी मोड़बाट एउटा विशाल रेली निकालेर शहरको प्रमुख पथहरूको परिक्रममा गर्दै अन्तमा सिलगढी महकुमाशासक कार्यालय पुगेर समापन गरे।  त्यसपछि सङ्गठनका प्रतिनिधिहरूले सिलगढी महकुमा शासकलाई भेटेर एउटा 14 सूत्रीय ज्ञापन सुम्पिए। यस अवसरमा केपीपी-का उपाध्यक्ष बुधारू रायले देशको संविधान अनुसार अलग राज्य दिनु पर्ने लगायत मोठ 14 सूत्रीय मागलाई लिएर आज महकुमा शासकलाई ज्ञापन सुम्पिएको बताए। यदि माग पुरा नभए केपीपी-ले राष्ट्रीय राजमार्ग अनि रेल रोकौं कार्यसूची शुरू गर्ने तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *