क्रामाकपा बिजनबारी आञ्चालिक कमिटीद्वारा सेनिटाइज

बिजनबारी: क्रामाकपा केन्द्रीय कमिटीले बिजनबारी आञ्चालिक समितिलाई संक्रमित क्षेत्रमा सेनिटाइज गर्न साथै रोगबाट सुरक्षित रहन स्प्रे मशिन, कीटनाशक औषधि, हेन्ड सेनिटाइजर, मास्क, अक्सीमिटर, पीपी किट्स लगायत केही औषधिहरू पनि प्रदान गरिएको थियो। उक्त सामग्रीहरू लिएर आज बिजनबारी आञ्चालिक समितिको एउटा टोलीले बिजनबारी अन्तर्गत ग्याङमी धूरा, दिलबीर धूरा, 86 लाइन, तेस्रो लाइन र सल्लाबारीमा कीटनाशक दबाई एवम् सेनिटाइज गरियो। क्रामाकपाका वरिष्ठ केन्द्रीय सदस्य कम० डीआर राईको अगुवाईमा गरिएको यस कार्यक्रममा मुन्ना तामाङ, बिरे सुब्बा, तिलक राई, शिव राई र नितेस तामाङको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *