क्रामाकपा दार्जिलिङ जोनल समितिद्वारा 137औं मई दिवस पालन

दार्जिलिङ (निसं): क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी) दार्जिलिङ जोनल समितिको आयोजनामा आज 1 मईको दिन दार्जिलिङ पार्टी मुख्यालयमा 137 औं मई दिवस पालन गऱ्यो। प्रथमत क्रामाकपा पार्टीको दलीय झण्डा उत्तोलन पार्टीका वरिष्ठ केन्द्रीय नेता कम. बले डुक्पाले गरे। झण्डा उत्तोलनको कार्यक्रम पछि क्रामाकपा दार्जिलिङ जोनल सचिव कम. राजु मोक्तानको बाहुलीबाट दीप प्रज्ज्वलन गरियो अनि सहिदहरू एवं दिवङ्गत पार्टी नेतृत्वहरूको स्मरण गर्दै एक मिनटको मौन धारण पालन गरियो।


आजको मई दिवस कार्यक्रममा क्रामाकपा केन्द्रीय उप-सचिव कम. शेखर छेत्रीले मई दिवस अनि यसको महत्वबारे छोटो वक्तव्य राखे। यसैगरी,कार्यक्रममा नारी नेत्री क्रमैले कम. सुषमा लामा, कम. सिमा घिसिङ, कम. बिना तामाङ, कम. दावा डोमा, संगीता लामा, संजीता तामाङ लगायत क्रामाकपा केन्द्रीय सदस्य एनडी थापा, क्रामाकपा महापरिषद सदस्यहरू सञ्जय घिसिङ, रमेश खातीको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *