क्रामाकपा-द्वारा दार्जिलिङमा अन्तराष्ट्रिय महिला दिवस पालन

दार्जिलिङ : गणतान्त्रिक क्रान्तिकारी नारी मोर्चा केन्द्रीय कमिटीद्वारा आज अन्तर्राष्ट्रिय नारी दिवस बिन्दिया गौतामेको अध्यक्षतामा दार्जिलिङ क्रामाकपा कार्यालयमा सम्पन्न गरियो। कार्यक्रमको शुरूमा वीर विराङ्गनाहरू लगायत पार्टीका दिवङ्गतहरूलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनटको मौन धारण गरियो। सभालाई कमरेड मुन्ना घिसिङले सञ्चालन गरेका थिए भने सभामा महासचिव सन्जिला घिसिङ, बिन्दिया डुक्पा, छेसाङ तामाङ आदिले महिलाहरूको हक र अधिकारको संघर्षमा वर्षौं लामो आन्दोलन गरे पनि भोट लगाउने अधिकारसम्म नहुँदा कतिपय देशका नारीहरूले जोड़दार रूपमा लडेर हासिल गरेर मान्यता प्राप्त गरेका आजको गौरवमय ऐतिहासिक दिनको गाथा सुनाए।


आज पनि महिलाहरूलाई ३३% आरक्षण प्राप्त भएको छैन, हाम्रो माग जारी छ। कार्यालयमै सम्पन्न सभामा पार्टी अध्यक्ष आरबी राई र युवा नेता अरूण घतानीले पनि आफ्नो सम्बोधनमा महिलाहरूले विगतका महिलाहरूको बलिदान  र योगदानबाट शिक्षा लिनुपर्ने बताए। आगामी विधानसभा चुनाउको चर्चा चलिरहेको कारण कुनै ठोस निर्णय हालसम्म नभएकोले सबैलाई सर्तक र सचेत भएर बस्ने आहवान सभामा गरियो। सभामा नारी नेत्री सन्जिला घिसिङ, बिन्दिया डुक्पा बिन्दिया गौतामे, मुन्ना तामाङ लगायत विभिन्न शाखाहरूबाट नारीहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *