क्रामाकपा-द्वारा कालेबुङ जिल्लापाललाई ज्ञापन

कालेबुङ : कालेबुङ टाउन हलको नाम रामकृष्ण रंगमञ्च नै हुनुपर्ने माग गर्दै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको तर्फबाट आज कालेबुङ जिल्लापाल श्रीमति आर. विमलालाई एउटा ज्ञापन-पत्र चढाएको छ। पार्टीको कालेबुङ जिल्ला कार्यकारी समितिका सदस्यहरू क्रमैले मोहन पौड़याल, सुधन प्रधान, भीम गुरूङ आदिको टोलीले आज जिल्लापाललाई भेट्न नसकेपछि तिनीहरूले कालेबुङ महकुमा शासकमार्फत उक्त ज्ञापन-पत्र चढ़ाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *