क्रामाकपाद्वारा मिरिकको छोटा टिङलिङमा सामग्रीहरू प्रदान

मिरिक: क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीको केन्द्रीय नेता अरुण घतानी र रविन राईको अगुवाईमा एक टोलीले आज मिरिकको छोटा टिङलिङमा कोभिडबाट बाँच्नको लागि सामग्रीहरू प्रदान गऱ्यो। उक्त राहत सामग्रीहरूमा सेनीटाइजर स्प्रे मशिन, भेपोराइजर, अक्सिमिटर, N95 मास्क, सेनीटाइजर आदि थियो। छोटा टिङलिङ मिरिक महकुमा अन्तर्गत एक दुर्गम गाउँ हो। जहाँ स्वास्थ्य कर्मी, आशा र स्वास्थ्य सम्बन्धित केही कुराहरू हत्तपत्त नपुग्ने क्षेत्र हो। स्मरण रहोस्, विगत केही दिन अघि यस गाउँमा 12 भन्दा अधिक कोभिड पोजेटिभ मामिला देखा परेको थियो। यसै बिषयलाई लिएर उपरोक्त सामग्रीहरू पुऱ्याइएको टोलीका प्रतिनिधिहरूले जनाएका छन्। यी सामग्रीहरू गाउँका सचेतक, समाज सेवी तथा शिक्षकहरू कैलास खवास, अर्जुन थापा, शुक छिरिङ, पीटी लेप्चा, बिक्रम खवास, प्रवेश खवासलाई प्रदान गरियो। यस्तो अवस्थामा महत्वपूर्ण सामग्री प्रदान गरेकोमा क्रामाकपा टोलीलाई गाउँको तर्फबाट धन्यवाद दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *