क्रामाकपा-द्वारा मुख्यमन्त्री ममतालाई माग पत्र

खरसाङ (निसं): क्रामाकपा (क्रन्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी)-को खरसाङ आञ्चलिक कमिटीले आज खरसाङ खण्ड विकास अधिकारीमार्फत् पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पहाड़का विभिन्न समस्याहरूको समाधानको निम्ति सात सुत्रीय माग पत्र पठाएका छन्। खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन दिएपछि खरसाङमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा क्रामाकपा पार्टीको खरसाङ आञ्चलिक कमिटी सचिव अमर राई, केन्द्रिय समिति सदस्य उद्धव खनाल अनि आनन्द घतानीले खण्ड विकास अधिकारीमार्फत् राज्यकी मुख्यमन्त्रीलाई यहाँको विभिन्न समस्याहरू विषयमा ज्ञापन पत्र दिएको जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *