क्रामाकपा-द्वारा दार्जिलिङमा अन्तर्राष्ट्रिय मई दिवस पालन

दार्जिलिङ : 136औँ अन्तर्राष्ट्रिय मई दिवसको उपलक्ष्यमा क्रामाकपाले पार्टी केन्द्रीय कार्यालयमा परामर्श समितिको चेयरपर्सन आरबी राईको बाहुलीबाट झण्डा उत्तोलन गरेर शहीद वेदीमा दीप प्रज्ज्वलन गरेर पुष्प अर्पण गरे। यसको साथै सहिदहरूलाई स्मरण गर्दै मौन धारण पनि गरियो। दार्जिलिङ रेलवे स्टेशनबाट एउटा र्‍याली निकालेर चोक बजारमा पुगेपछि उक्त र्‍याली जनसभामा परिणत भयो।


उक्त जनसभाको अध्यक्षता केन्द्रीय सचिव मण्डली सदस्य बीएम राईले गरेका थिए भने केन्द्रीय सचिव मण्डली सदस्यद्वय कैलाश खवास र उध्दप खनालले सञ्चालन गरेका थिए। जनसभालाई केन्द्रीय सदस्य शेखर छेत्री, श्रमिक संगठनबाट सुनील राई, गक्रानामो नेतृ सन्जिला घिसिङ, केन्द्रीय प्रवक्ता अरुण घतानी, महासचिव नर्बु लामा, आरबी राई र केन्द्रीय अध्यक्ष जेबी राईले सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *