क्रामाकपा गोर्खाल्याण्ड मुद्दाबाट पछि नहट्ने

मिरिक: गोर्खाल्याण्डको मुद्दाबाट क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) एक इञ्च पनि पछि नहटेका दावी गरेको छ। क्रामाकपा अध्यक्ष तथा पूर्व सांसद आरबी राईले आज मिरिकमा पत्रकारहरुसँग कुराकानीमा क्रामाकपा-को जन्म नै गोर्खाल्याण्डको निम्ति भएको कुरा अवगत गराउँदै कुनै पनि अवस्थामा पार्टी आफ्नो मागबाट पछि नहटने बताएका छन्। भारतको गृह मन्त्रालयलाई यस बिषयमा बारम्बार बुझाउने प्रयास गरेको जानकारी दिँदै अब उसमा ईमान्दरिता छ-छैन, त्यो हेर्ने सही समय आएको कुरा तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *