क्रामाकपा-का वरिष्ठ नेता गोबिन छेत्रीको निधन

दार्जिलिङ : क्रामाकपा केन्द्रीय परामर्श समितिका सल्लाहकार एवम् पूर्व केन्द्रीय प्रवक्ता गोबिन छेत्रीको निधन भएको छ। दार्जिलिङको निम्की डाँड़ा निवासी गोबिन छेत्री लामो समयदेखि क्रामाकपा पार्टीमा केन्द्रीय प्रवक्ता रहेका थिए भने विगत एक वर्षदेखि बिमारीको कारणले तिनी केन्द्रीय परामर्श समितिको सल्लाहकार रहेका थिए। गोबिन छेत्री विगत एक वर्षदेखि किड्नी रोगसित जुँझ्दै आइरहेकोले डायोलेसिस गर्न सिलगढीको शास्त्रीनगरमा बस्दै आएका थिए। यसै क्रममा तिनलाई आज सिलगढीको एउटा निजी नर्सिङ होममा उपचारको लागि भर्ना गरेपछि दिउँसो 2 देखि 3 बजेको समयमा लगभग 60 वर्षको उमेरमा तिनको निधन भएको जानकारी प्राप्त भएको छ। तिनले क्रमाकापा पार्टीलाई सर्वस्व दिएका थिए। तिनको पार्थिव शरीरलाई सिलगढीमा नै अन्तिम संस्कार गरिने अथवा दार्जिलिङ ल्याइने विषयमा क्रामाकपा पार्टीको सभा बसेर निर्णय लिइने जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *