क्रामाकपा कालीझोडा शाखाद्वारा ग्राम पञ्चायत अधिकारीलाई ज्ञापन

मङ्पु (निसं): क्रामाकपा कालीझोडा शाखाको एउटा प्रतिनिधि टोलीले आज सिटोङ 3 ग्राम कार्यालयमा पुगेर विभिन्न मागलाई लिएर कार्यकारी सहायक लाक्पा शेर्पा अनुपस्थिति रहेकोले भारप्राप्त सचिव सरोज थापालाई ज्ञापन चढाए। दिन पुगेका थिए। उक्त स्मारक पत्रमा कालीझोडादेखि ग्राम पञ्चायत कार्यालयको दुरत्व धेरै टाडा भएको हुँदा यातायातको असुविधा छ। जसको कारण छुट्टै कालीझोडा ग्राम पञ्चायतको माग उठेको हो तर राज्य सरकारले पञ्चायत अधिनियम – संशोधन गरेर नयाँ ग्राम पञ्चायत बन्ने सम्भावनाको मुहान नै बन्द गरिदिएको छ। यसैले राज्य सरकारले 20 सितम्बर 2022 मा पारित गरेको बिलको बिरोध गर्दै खारेज गरिनु पर्छ। उक्त ऐनको कारण सिटोङ -3 को 30 जना पञ्चायत सदस्य हुनेलाई घटाएर 15 जना गरिदिएको छ। त्यसरी नै पहिलो पल्ट MGNRES (सय दिने) काम वर्ष 2021-22 मा पाँच वटा स्किम पाएको थियो, उक्त कार्य समाप्त भएको डेढ वर्ष भई सक्दा पनि पसिना चुहाएर मेहनत गर्ने श्रमिकहरूले रोज नपाउनु अन्याय हो, उनीहरूको रकम चाँडै भुक्तान गरिनु पर्छ।


सन् 2016 मा सिटोङ 3 मा अन्तर्भुक्त भएको कालीझोडाको आजसम्म घरको धुरी खजना संग्रह गर्ने प्रक्रिया भएन, जसको कारण कतिपय कार्य गर्न असुविधा पर्न गएको छ। त्यसर्थ चाँडो प्रक्रिया चलाइनु पर्छ।


यातायातको असुविधा र आर्थिक महँगाइलाई मध्यनजर राख्दै 10 माईल, सेभोक, कालीझोडा, कर्मठ, कान्दुङ, 20 माईलवासीको सुविधाको निम्ति कालीझोडालाई केन्द्र गरेर सप्ताहमा दुईदिन अस्थायी कार्यालय सञ्चालन गरिनु पर्छ।

धेरैजना बुडापाकाहरुले वृद्धा भत्ता पाएका छैनन्। नपाउनेहरुको चाँडो फारम भरेर भत्ताको व्यवस्था गरिनु पर्छ।

सरोज थापाले सौहार्दपूर्ण प्रतिनिधिहरुको कुरा सुनेर सम्बन्धित अधिकारी समक्ष पुराउने साथै ग्राम पञ्चायतद्वारा हुने काम गरिदिने जसमा धुरी खजना अनि वृद्धा भत्ताको काम चाँडै शुरु गर्ने आश्वासन दिएको बताइएको छ। ज्ञापन चढाउन जाने प्रतिनिधि टोलीमा शाखा सभापति कमरेड दिलु लोहार, सचवि कमरेड पुरण बसोर, युवा मोर्चा सचिव बिकास ठकुरी र आनन्द घतानी उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *