क्रामाकपाको स्थापना दिवस पालन

दार्जिलिङ : क्रामाकपा स्थापनाको 25 औँ स्थापना दिवस आज सामन्य रूपमा पार्टी केन्द्रीय कार्यालय दार्जिलिङमा पालन गरियो। सर्वप्रथम केन्द्रीय अध्यक्ष आरबी राईको बाहुलीबाट पार्टीको झण्डा उत्तोलन गरेपछि शहीद बेदीमा शहीदहरूलाई स्मरण गर्दै फुल-माला चढाइयो। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष आरबी राई वाहेक केन्द्रीय कार्यालय सचिव नर्बु लामा, केन्द्रीय कार्यकारिणी सदस्य शेखर छेत्री, महापरिषद सदस्यहरू मिलन छेत्री, सुनिल राई, बीरेन्द्र गिरी, गणेश राई लगायत दार्जीलिङ आञ्चलिक सदस्यगण उपस्थित थिए।


पार्टीले 25 वर्ष अर्थात् रजत जयन्ती पार गरेको खुशीमा अध्यक्ष आरबी राईको हातबाट केक काटेर उपस्थित पार्टी कर्मीहरुलाई खुवाइयो। रजत जयन्ती र तेस्रो महाधिवेशन धुमधामले आगामी 18 र 19 दिसम्बर गोर्खा दु:ख निवारक सम्मेलनमा विविध कार्यक्रमको साथमा पालन गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *