क्रामाकपा-को कालेबुङमा मई दिवसबारे पोस्टरिङ

कालेबुङ: आउँदो मई दिवसको तयारी गर्दै क्रामाकपा (क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी)-ले कालेबुङमा पनि पोस्टरिङ गरेको छ। अरू सबै टालटुले तर मूल समाधान चाहिँ गोर्खाल्याण्ड रहेको दावी गर्दै यही मूल नारालाई केन्द्र गरेर यसपाली पनि क्रामाकपा-ले विश्व श्रमिक दिवस पालन गर्ने भएको बताइएको छ। कालेबुङ आञ्चालिक समितिले यहाँका जनसाधारणलाई सचेत गराउँदै पोस्टरिङ गर्ने काम गरेको क्रामाकपा नेता मोहन पौडेलले जनाएका छन्। क्रामाकपा केन्द्रीय सदस्य मोहन पौडेलको अगुवाइमा गरिएको पोस्टरिङ कार्यक्रम अवधि क्रामाकपा केन्द्रीय सदस्य सुधन प्रधान, कार्यालय प्रभारी भीम गुरुङ, टाउन जोनल सदस्य मनोज मिश्रा साथै अन्य सदस्यहरूको उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *