क्रामाकपा नेता अशोक राई विनय खेमामा सामेल

दार्जिलिङ: केन्द्रिय नेतृत्वको निर्णयको विरोधमा घेरिएको क्रामाकपालाई अर्को ठुलो झट्का लागेको छ। यसै क्रममा पार्टीको केन्द्रिय नेता अशोक राईले पार्टी छोडेर विनय खेमामा सामेल भएका छन। रङबुल धोद्रे समष्टि अन्तर्गत आहाले खेल मैदानमा हिजो आयोजित जनसभामा तिनले आफ्नो पार्टी क्रामाकपा छोडेर पार्टीको उम्मेदवार केशवराज पोख्रेलको उपस्थितिमा विनय खेमामा सामेल भएका छन्।  यसपछि अशोक राईले भने, हामीहरू धेरै सालदेखि ठगिँदै आएका छौ। पहाडको विभिन्न स्थानहरु बुनियाँदी समस्याहरुले ग्रसित छ। कसैले भावनामा त, कसैले आश्वासनमा हाम्रो भोट लिलामी गरिरहेका छन तर अब यस्ता आश्वासनमा नबसेर मैले नयाँ सोच तथा नयाँ बिचारमा हिडेको पार्टीलाई समर्थन गरेको हुँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *