क्रामाकपा प्रतिनिधि टोलीद्वारा विधायक बीपी बजगाइँसित भेट

सिलगढी : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी खरसाङ आञ्चलिक समितिका 9 जना प्रतिनिधि टोलीले आज खरसाङ विधानसभा समष्टिका भाजपा विधायक बीपी बजगाइँसित सिलगढीस्थित तिनकै निवासस्थानमा सौहार्दपूर्ण भेटघाट गर्यो। उक्त भेटघाट अवधि मुख्य रूपमा उत्तर बंगाललाई अलग राज्य गठनलाई लिएर चलिरहेको चर्चाबारे, स्थायी राजनैतिक समाधान, ग्रामीण क्षेत्रको विकासको निम्ति पञ्चायत व्यवस्था, खण्डहरूको विभाजन अनि पञ्चायत चुनाउ हुनपर्ने बारे चर्चा परिचर्चा गरियो। यसको साथै तिनीहरूले आउँदो बङ्गालको विधानसभा सत्रमा दार्जिलिङ पहाडको उक्त मुद्दालाई उठान गर्ने विधायकसित निवेदन पनि गरियो। उक्त प्रतिनिधि टोलीमा क्रामाकपाका वरिष्ठ नेता बीएम राई, अर्जुन थापा, अरुण घतानी, रमेश राई, उद्वप खनाल, कृष्णबीर राई, भुपेन छेत्री, निरज राई र मिलन छेत्री सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *